12th September 2026, Saturday

भोटेकोशी बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार जारी, ४७७ जना सम्पर्कविहीन

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीमा परी वेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई सरकारले तीव्र बनाएको छ।

नेपाल प्रहरीले हालसम्म बाढीमा परी ९५ जनाको शव फेला परेको जनाएको छ। खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासी खटिएका छन्। बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका तथा उद्धार गरिएकाहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 बाढीमा परी ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकहरू सम्पर्कविहीन भएका हुन्। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीपछि ४७७ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी तथा ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन् ।



No ad available.


No ad available.