News by: helpline
काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा देशका बिभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।
यसै सनदर्भमा नेपाल पर्यटन बोर्डले भोटेकोशीमा ज्यान गुमाएकाहरुको संझनमा दीप प्रज्वलन गरेको छ ।बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल लगायत पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीको सहभागिता थियो ।
कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो । कार्यक्रममा बेपत्ता भइरहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको थियो ।
बाढीले नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो । बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको थियो
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक