12th September 2026, Saturday

भोटेकोशी वाढीमा परेका ९५ जनाको शव फेला

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी अहिलेसम्म ९५ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार साँझ ६ बजेसम्मको तथ्यांङकमा ९५ जनाको शव फेला परेको हो । जसमा २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ जना पुरुषको शव फेला परेको छ ।

नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ ।

 चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ । प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका को उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



No ad available.


No ad available.