News by: helpline
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको ११ दिनपछि उद्धार गरिएको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइँदै गरिएको जनाइएको छ ।
बाढी गएको ११औँ दिनमा टनेलबाट चिनियाँ नागरिकको उद्धार भएको हो । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक