News by: helpline
काठमाडौं । बझाङ जिल्लामा जीप दुर्घटना हुँदा तीन जानाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुवाबन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना गम्भीर घाइते भएका हुन् ।
शनिबार दिउँसो करिब ३ बजेको समयमा केदारस्यूँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर्फ आइरहेको से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। चालक देव बहादुर धामीले चलाएको उक्त जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली–६ च्वाबनकी केला देवी धामी, सोही स्थानका चक्र महत तथा केदारस्यूँ गाउँपालिका–७ की बिमला देवी धामी रहेका छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक