News by: helpline
एजेन्सी । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।
नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो । आफूले लिएका हरेक निर्णयमा पहिलो स्थानमा देशलाई राखेको भन्दै उहाँले अब लेबर पार्टीको नेताको पदबाट राजीनामा दिएको भावुक सन्देश दिनुभयो ।
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ । सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक