News by: helpline
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिब्यक्ति सच्याउनु पर्ने माग गर्दै बिपक्षी दलहरुले अवरोध कायमै राखेपछि प्रतिनिधिसभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले आगामी जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गर्नुभएको हो । बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद उभिएर विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न पटक–पटक आग्रह गर्नुभयो । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् अघि बढ्न नदिने अडान राख्दै वेल घेराउ गरेका हुन् ।
प्रधानमन्त्री शाहको गत आइतबार संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसबारे स्पष्टिकरण दिनुपर्ने र अभिव्यक्ति सच्याउनुपन माग गरिरहेका छन् । विपक्षीको विरोध र नाराबाजीका कारण संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक