News by: helpline
काठमाडौं । बुधबार बसेको सर्वदलीय बैठकले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि एक हप्ताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय हो । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकले भोटेकोशी विपद्बाट गम्भीर पाठ सिक्दै भविष्यमा हुनसक्ने विपद्बाट मानवीय तथा भौतिक क्षति रोक्न सरकारलाई स्पष्ट नीतिगत मार्गचित्र र रणनीतिक कार्यढाँचा प्रदान गर्न उक्त समिति गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।
सो समितिले सहकार्य, समन्वय तथा अनुगमन गर्नुका साथै विपद्पछिको दिगो पूर्वाधार पुनर्निर्माण, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र सशक्त जलवायु कूटनीतिका सन्दर्भमा राज्यले अंगीकार गर्नुपर्ने दीर्घकालीन कार्यदिशाबारे सरकार, संसद् तथा सरोकारवाला निकायबीच समन्वय गर्ने जनाइएको छ ।
समिति गठनको प्रक्रिया थालनी तथा आवश्यक व्यवस्थापनका लागि बैठकमा सहभागी सबै राजनीतिक दलका तर्फबाट सभामुख तथा संघीय संसद्समक्ष अनुरोध गर्ने निर्णय भएको छ । बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न रास्वपा सभापति लामिछाने संयोजक रहनुभएको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई निरन्तरता दिने निर्णय गरेको छ । बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि सरकारको नेतृत्वमा जारी खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम, राजनीतिक दलहरूको योगदान र राज्यका विभिन्न निकायबाट भइरहेका कामबारे बैठकमा समीक्षा भएको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेत्री पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेता सहभागी हुनुहुन्थ्यो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली