News by: helpline
एजेन्सी । १८ औं ब्रिक्स राष्ट्रहरुको सम्मेलन शनिबारबाट भारतको नयाँ दिल्लीमा शुरु भएको छ ।
आइतबारसम्म दुई दिन चल्ने ब्रिक्स सम्मेलनमा विश्वमा चलिरहेका युद्धको बाछिटा परिरहेको विश्लेषण लगायतका बिषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार विगत चार वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्ध र ६ महिनादेखि चलिरहेको अमेरिका– इरान युद्धले सिर्जना गरेको विश्वव्यापी मूल्यवृद्धि र ऊर्जा संकटबीच यस सम्मेलनमा उदयीमान अर्थतन्त्रका चुनौती र संभावनाबारे छलफल भइरहेको छ ।
शनिबार, ब्रिक्स सदस्यहरूले सर्वसम्मतिले ’नयाँ दिल्ली घोषणापत्र’ अनुमोदन गरेका छन् । भारत सो घोषणापत्रमा पहलगाम आक्रमणको विषय समावेश गराउन सफल भएको जनाइएको छ । घोषणा पत्रमा आतंकवादबिरुद्ध साझा लडाइँ,सीमा सुरक्षा लगायतका बिषयमा सदस्य राष्ट्रहरुबीच साझा सहमति बनेको छ ।
ब्रिकसमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका,अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स सदस्यका रुपमा रहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक