News by: helpline
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ ।
बैठकका लागि संघीय संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद ९ बमोजिम सदस्यहरुले सोधेको प्रश्नहरुको प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने उल्लेख छ । प्रश्नोत्तरमा ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराउनु भएको छ । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदले ७ वटा प्रश्न दर्ता गर्न पाउने भए पनि ३ वटा मात्र दर्ता गरेका छन् ।
अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नु भएको थियो। तोकिएको अवधिमा ११ वटा प्रश्न मात्र दर्ता भएका हुन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक