News by: helpline
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिण्डर ग्यास उपलबध गराउने भएको छ ।
निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने जानकारी दिएको हो । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो ।
निगमका अनुसार विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन् । भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएको जनाइएको छ ।
यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो ।
यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ । उपभोक्ताले प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा भरी ग्यास सिलिण्डर खरिद गर्न सक्नेछन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक