News by: helpline
काठमाडौं । भोटेकोशी बाढीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाइएको बेलीब्रिजसहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्र(तिब्बत)बाट पठाइएको बेलीब्रिज लगायतका आपतकालीन सहायता सामग्री सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । ‘साझा हिमाल, साझा नदी, सुख–दुःखमा ऐक्यबद्धताः नेपालको सहयोगार्थ सिजाङको तत्परता’ सन्देश सहित उक्त सामग्री हस्तान्तरण भएको हो । सहायता सामग्रीमा विशेषगरी बेलीब्रिजको विभिन्न भागमध्ये बेली प्यानल, सुदृढ सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बीम लगायतका विशेष उपकरणहरू समावेश रहेको छ । जसले विपत् प्रभावित क्षेत्रमा दुईवटा बेलीब्रिज जडान गर्न पर्याप्त हुनेछ ।
नेपालका पहिरो प्रभावित क्षेत्रहरूमा महत्त्वपूर्ण यातायात सम्पर्क पुनस्र्थापना गर्न तथा उद्धार र राहत कार्यमा सहयोग पुर्याउना यी सामग्रीको प्रयोग सहयोगी हुने पनि दूतवासले जनाएको छ । चीनको ल्हासास्थित विदेश मामिला कार्यालयले नेपाली महावाणिज्य दूतावासलाई सामग्री हस्तान्तरण गरेको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक