3rd June 2026, Wednesday

चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

Post Image
3 महिना अगाडी

News by: helpline

प्रधानमन्त्री सुशीला कार्कीले चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज औपचारिक समारोह सकिएपछि आयोजित अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले, यस्तो निर्देशन दिनुभएको हो । दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्नुभएको थियो। उहाँले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरुसँग चुनावको तयारी तथा सुरक्षा अवस्थाबारे पनि जानकारी लिनुभएको थियो। त्यस क्रममा उहाँले चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो।

No ad available.


No ad available.