News by: helpline
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेको छ ।
रञ्जित कुमार चम्किँदै ५ विकेट लिएपछि चितवन राइनोजले विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लगाएको हो ।चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन मात्रै बनाउन सक्यो।
चितवनको यो दोस्रो जित हो। जितसँगै चितवनले ३ खेलबाट ४ अंक जोडेको छ। विराटनगरको भने यो पहिलो हार हो। ४ खेलबाट ६ अंक बटुलेको विराटनगरले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली