News by: helpline
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटाएको छ।
भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो ।निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ ।
निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमले हवाई इन्धनमा भने प्रति लिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकोले आन्तरिकतर्फ प्रति लिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्याइएको निगमले जनाएको छ ।
भारतबाट हवाई इन्धनको मूल्य बढेर आएसँगै आन्तरिकतर्फ प्रतिलिटर १२८ रुपैयाँबाट १३४ रुपैयाँ पुगेको छ ।पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक