News by: helpline
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न आग्रह गर्नुभएको छ ।
कानून दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले औचित्यताको नाममा विधिमा छेड्खानी गर्ने कार्य स्वेच्छाचारी शासकका लागि स्वभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेका लागि सही हुन नसक्ने उल्लेख गर्नुभयो ।
कायममुकायम प्रधानन्यायाधीश मल्लले संविधान, संविधानवाद, संवैधानिक नैतिकता भन्दामाथि कोही पनि नरहेकाले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको बिकल्प नरहेको बताउनुभयो । ‘डर र प्रभावबाट न्याय सम्भव छैन चाहे त्यो महाअभियोग होस्, चाहे त्यो दुई तिहाइको सरकार ।’ उहाँले भन्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक