News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी र पहिरोबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
अध्यक्ष ओलीले बुधबार धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपद्बाट पीडित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुन्नुभएको थियो । उक्त क्षेत्रमा एमाले संवद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् ।
धादिङको अवलोकनपश्चात उहाँले नुवाकोटको बेलकोटगढी नगरपालिकाका केही प्रभावित स्थानहरूको समेत निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले बाढी र पहिरोले पुर्याएको भौतिक क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक