News by: helpline
भक्तपुर । नेकपा (एमाले) को सचिवालय बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा शनिबार बसेको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव, पाँच सचिवले आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो । एक नेताका अनुसार सचिवालय बैठकमा धारणा राख्ने केहि नेताहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । केहि नेताहरुले भने वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
शनिबारको बैठकमा महासचिवदेखि तीनजना उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव भट्टले जानकारी दिनुभयो । शुक्रबारको बैठकमा भएका छलफल अतिरञ्जित ढंगले बाहिर आएको भन्दै बैठकमा हुने छलफल र बहसलाई स्वभाविक रुपमा लिनुपर्ने उहाँको भनाइ छ । आइतबार सचिवालयको बैठक पुनः बस्ने र बाँकी चार जना सचिवहरुले धारणा राखेपछि अध्यक्षको जवाफसंगै बैठक सम्पन्न हुने कार्यक्रम रहेको छ ।
जेठ ४ गते सोमबारदेखि सुरु एमाले सचिवालय बैठक गुण्डुमा निरन्तर बसिरहेको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक