News by: helpline
दोस्रो ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरी स्थित सनराइज सभा हलमा आजबाट शुरु भएको छ ।
महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रीय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले कोही कसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको उल्लेख गर्नुभयो ।
सदस्य संख्या बृद्धि
नेकपा एमालेको पार्टी सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि भएको छ । बिधान महाधिवेशनमा महाधिवशेनमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शङ्कर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले सङ्गठित सदस्य सङ्ख्या वृद्धि भएको जानकारी दिनु भएको हो । पोखरेलका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य सङ्ख्या छ । एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेका छन् । पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् ।
प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ । साङ्गठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता आबद्ध छन् ।
महाधिवेशनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गर्नुभएको थियो । एमालेको पहिलो बिधान महाधिवेशन २०७८ सालमा पनि सोही स्थानमा भएको थियो ।
विधान महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी २ हजार ३ सय ४१ जनाको सहभागिता रहेकको एमालेले जनाएको छ । महाधिवेशन ३ दिनसम्म चल्नेछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक