28th July 2026, Tuesday

एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पार्टीको  कामको सिलसिलामा सुर्खेत पुग्नु भएका पौडेललाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।

पौडेललाई आजै काठमाडौँ ल्याउनका लागि स्थल मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर आएको पनि प्रहरीले जनाएको छ ।उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत पुग्नुभएको हो । पूर्व अर्थमन्त्रीसमेत रहनु भएका उपाध्यक्ष पौडेल बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ । 

पौडेल ललिता निवास जग्गा प्रकरणमा पौडेल मुछिएका थिए ।



No ad available.


No ad available.