News by: helpline
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आज सोमबारदेखि शुरु हुँदैछ ।
काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा खेल शुरु हुन लागेको हो । यो यस्तो प्रतियोगिता रहेको छ, जसले नेपाली क्रिकेट भविष्यमा कस्तो हुनेछ, त्यसको धेरै हदसम्म निर्णय गर्ने विश्वास लिइएको छ । यही प्रतियोगितासँगै समग्र नेपाली क्रिकेट नै फेरिने संघार पुग्ने अपेक्षा गरिएको छ । एनपीएल को दोस्रो संस्करण आज देखि शुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको शुरुवात हुनेछ ।
गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो, यसपल्टको संस्करणले तला थप्ने काम गर्नेछ । प्रतियोगिताले दोस्रो वर्ष छुँदा यससँग जोडिएको सबैभन्दा ठूलो परिवर्तन भनेकै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको सानदार देखिने पुनःसंरचना र दर्शकदीर्घा हुनेछ । सँगै फ्लड लाइट्स पनि । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक सिटमा बसेर फ्लडलाइटमूनी खेल खेल हेर्ने धेरैको सपना थियो यो तर यो अब सपना बिपनामा परिणग हुँदैछ ।
यही दर्शकका साथमा क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)ले एनपीएलमा ४० करोड संकलन गर्ने विश्वास गरेको छ । त्यसमध्येको १५ करोड क्यानले टिकट बिक्री, ओटीटी र टेलिभिजन अधिकारबाट उठाउने लक्ष्य राखेको छ । त्यसबाहेक फ्रेन्चाइज नवीकरण शुल्कबाट क्यानले ९ करोड रुपैयाँ पाउनेछ ।प्रतियोगिताा आडवटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।
जसमा जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गोर्खाज,विराटनगर किंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रहेका छन् । एनपीएलमा इंग्ल्यान्डका ७, अमेरिकाका ६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, श्रीलंका, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी रहनेछन् ।उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज भिड्नेछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।
विजेतालाई १ करोड ११ लाख, दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख पुरस्कार दिइनेछ । प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक