27th October 2026, Tuesday

एनपीएल क्रिकेटमा लुम्बिनीको बिजयी सुरुवात

Post Image
22 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार लुम्बिनी लाइन्सले बिजयी सुरुवात गरेको छ ।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुवात गरेको हो । गत वर्ष लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई नै फाइनलमा निराश पारेर च्याम्पियन बनेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अपरान्ह प्रधानमन्त्ती बालेन्द्र शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुरुवात गर्नुभएको थियो । टस जितेर पहिले फिल्डिङ गरेको लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १३ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको थियो । लुम्बिनी लायन्सले उक्त लक्ष्य नौ ओभर पनि पुरा नहुँदै तीन विकेट गुमाउँदै पुरा गर्‍यो ।

एनपीएलको यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्र्दैछन् । यस पटक विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको मान्यता पाएपछि प्रतियोगिताले थप उचाई लिएको छ ।

एनपिएलमा यस पटक डिसिजन रिभ्यु सिस्टम (डी.आर.एस) लागू गरिएको छ । प्रतियोगितामा लिग चरणका २८ सहित प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन् भने प्रतियोगिता मंसीर ५ गतेसम्म सञ्चालन हुनेछ । मङगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किङसले चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्ले कर्णाली याक्सको साना गर्नेछ ।



No ad available.


No ad available.