News by: helpline
काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार स्याङ्जाको चिरकोटदेखि राक्सेतर्फ जाँदै गरेको बी एए ०२२० नम्बरको स्कारपियो सडकदेखि करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परेर घटनास्थलमै पाँच जनाको र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
सवारी चालक स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर–२ बस्ने ६७ वर्षीय दिलिप कुमार बागाले, वडा नम्बर–१० बस्ने ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर–१ सिरकोट घर भई हाल स्याङ्जा वालिङ बस्ने अन्दाजी ५०र५५ वर्षका लोकनाथ पाण्डे, गुल्मी सिरकोट घर भई हाल बुटवल बस्ने वर्ष नखुलेकी सिता पाण्डे र गुल्मी सिरकोट घर भई हाल बुटवल खैरेनी बस्ने वर्ष नखुलेका कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै, उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा वालिङ नगरपालिका वडा नम्बर–२ बस्ने वर्ष नखुलेकी निता बगालेको मृत्यु भएको हो। दुर्घटनामा परेर तीन जना घाइते भएका जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली