27th October 2026, Tuesday

फ्रान्समा आन्दोलनले जनजीवन प्रभावित

Post Image
21 घण्टा अगाडी

News by: helpline

दीपक चालिसे

पेरिस । फ्रान्समा केहीदिन यता बिध्यार्थी आन्दोलनबाट सुरु भएको प्रदर्शन अहिले फ्रान्स भरी फैलिएको छ । 

प्रदर्शनका कारण फ्रान्सेली नागरिकको जनजीवन प्रभावित बनेको छ । महंगी नियन्त्रण,सुरक्षा, उचित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको मागका बिषयलाइ लिएर बिद्यार्थीहरुले प्रदर्शन गरेका थिए । अहिले प्रदर्शनले राष्ट्रिय आन्दोलनको रुप लिएको छ । केही दिन अघि अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा आप्रवासीको कारणले असुरक्षा र महङ्गी बढेको बताउनु भएको थियो । तर फ्रान्सले ट्रम्पको कुरालाई खण्डन गरिसकेको छ ।

आन्दोलनका कारण फ्रान्सका थुप्रै शहरहरुमा आगजनी तथा तोडफोड र लुटपाट भएको छ । जसका कारण करोडौं बराबरको क्षति भएको छ । आज सोमबार पनि फ्रान्सका बिभिन्न शहरमा नेसनल पुलिसले सुरक्षा दिइरहेको छ भने कतिपय ठाउँमा कर्फ्यू लगाइएको छ। ८० हजार प्रहरी सडकमा उतारिएको छ भने । साँझ रेल र मेट्रो,सेवा बन्द गरिएको छ ।



No ad available.


No ad available.