News by: helpline
काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजन उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्री शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गर्नुभएको हो। प्रधानमन्त्रीले उद्घाटन गर्नुभएसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण सुरु भएको हो।
प्रधानमन्त्रीज्यूले आज बिहानै एनपीएलको तेस्रो सिजनलाई लिएर शुभकामना व्यक्त गर्नुभएको थियो। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आयोजन भएको एनपीएल क्रिकेट प्रतियोगितामा बिभिन्न ८ वटा टोली सहभागी भएका छन भने विजेता टोली पुरस्कार राशि: १ करोड ५० लाख रुपैयाँ राखिएको छ।
एनपीएलले अन्तरास्ट्रीय क्रिकेट परिषद आईसीसीले मान्यता दिएकाले प्रतियोगिताले अन्तराष्ट्रिय उचाई प्राप्त गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली