News by: helpline
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डू गोर्खाले तेस्रो जित दर्ता गरेको छ।
कीर्तिपुर स्थित त्रिभुवा बिश्व बिद्यालयको क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा काठमान्डूले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको हो। काठमान्डू गोर्खाजले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७.२ ओभरमा ८९ रनमा अलआउट भयो। चितवनका लागि देव खनालले १८ बलमा दुई चौका र एक छक्काको सहयोग २१ रन बनाए। रबि बोपराले २३ बलमा २१ रन बनाएर आउट भए।
सोहेल तानभिरले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा १८ रन बनाएर बोल्ड आउट भए। कमल एैरीले ९ रन बनाए। काठमान्डूका लागि कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान विकेट लिए भने राशिद खानले तीन विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको काठमान्डूले निर्धारित १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। काठमान्डूको लागि जोन सिम्पसनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै ६० रनमा आउट भए।
मिलेन्द कुमारले ३८, ओपनर बेन चाल्र्सवर्थले १४ बलमा १३ रन बनाए। यता, चितवनको लागि सोहिल तानविरले चार ओभरमा चार विकेट लिँदै २५ रन खर्चिए। कमल एैरी दुई, रञ्तिक कुमार तथा रबी बोपराले समान एक विकेट लिए। यो सँगै काठमान्डूले पाँच खेलबाट ६ अंक जोडेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक