News by: helpline
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । बोर्डले मंगलबार सम्म नतिजा आउने जनाएको छ । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो ।
यसपटक परीक्षा केन्द्रमानै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी छ ।
बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ । एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यस वर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक