News by: helpline
दीपक चालिसे
फ्रान्स । नेपाली कांग्रेस समर्थिक नेपाली जनसम्पर्क समिति फ्रान्सको अधिबेशनले सभापतिमा शिवराम भण्डारीलाई चयन गरेको छ ।
आइतबार सम्पन्न अधिवेशनले भण्डारीको सभापतित्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उप–सभापतिमा कृष्ण गुरुङ, उप–सभापतिमा बिकास केसी,महामन्त्रीमा सुनिल भण्डारी,कोषाध्यक्षमा दिपेन्द्र दाहाल र सहमहामन्त्रीमा बिवेक धमला चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा चिरञ्जिवी सापकोटा,सचिन सेन र , सागर गुरुङ चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन निर्मल अर्यालले गर्नुभएको थियो भने सुधिर राना को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सो अधिवेशनको पर्यवेक्षकको रुपमा बेल्जियम जनसम्पर्क समितिका ध्रुव चन्द्र पौडेलको सहभागिता रहेको थियो ।
अधिवेशनमा केन्द्रीय प्रतिनिधि अनिल ओलीले अनलाइनबाट शुभकामना ब्यक्त गर्नु भएको थियो । सो अवसरमा निबर्तमान सभापति रानाले नयाँ कार्यसमितिको सफलताको कामना गर्दै शुभकामना दिनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,