News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आगामी फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको पार्टी उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
थापालाई ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति शर्माले बताउनु भयो । उपसभापति शर्माका अनुसार ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन रहेका छन्। शर्माले भन्नुभयो , ‘अहिले प्रधानमन्त्रीको उम्मेदवार भनेर आएका भन्दा कांग्रेसले अघि सारेका उम्मेदवार अब्बल हुनुहुन्छ।’
भावी प्रधानमन्त्रीको रूपमा एमालेले अध्यक्ष केपी ओली, रास्वपाले वरिष्ठ नेता बालेन साहलाई अघि सारेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक