News by: helpline
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।
आज सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष लेखकले राजीनामा बुझाउनु भएको हो । सोमबार जेन–जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनु भएको हो ।
सरकारले गरेको सामाजिक सञ्जाल बन्द र बेथिति बिरुद्ध नयाँ पुस्ताका युवा जेन जी( १३–२८ वर्ष उमेरभित्रका)हरुले काठमाडौंमा गरेको प्रदर्शन अनियन्त्रित भएपछि हिंसात्मक बनेको थियो । सो क्रममा काठमाडौं उपत्यकामा १७ जनाको मृत्यु भएको छ । यसैगरी इटहरीमा पनि २ जनाको मृत्यु भएको छ ।
आजको प्रदर्शनमा हालसम्म १९ जनाको मृतयु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक