3rd June 2026, Wednesday

गणतन्त्र सुदृढ बनाउन सबै राजनीतिक दल, र नागरिक एकताबद्ध हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणका लागि महान प्रेरणा तथा अभिभारा भएको बताउनुभएको छ ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा आज शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रले देशवासीलाई जोड्दै साझा राष्ट्र निर्माणको संकल्पतर्फ प्रेरित गरेको बताउनुभयो । राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा रक्षा गर्दै यसलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नेतृत्व र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

गणतन्त्र केवल व्यवस्था मात्र नभई आचरणयुक्त राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उहाँको भनाइ थियो । उहाँले राजनीतिक तथा शासकीय अभ्यासलाई नैतिकता, निष्ठा र मूल्य–मान्यतामा आधारित बनाउनुपर्ने उल्लेख गर्नुभयो । ढिलासुस्ती, अनियमितता र बेथिति लोकतान्त्रिक गणतन्त्रका प्रमुख चुनौती भएको बताउँदै उहाँले नागरिकको जीवनमा आशा र विश्वास जगाउनु राज्यको दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री बालेन्द्र शाह,सभामुख डोलप्रसाद अर्याल,राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा उच्चपदस्थ अधिकारीहरू लगायत को उपस्थिति रहेको थियो ।



No ad available.


No ad available.