News by: helpline
आज श्रावण शुक्लपक्ष, पञ्चमी तिथि अर्थात नाग पञ्चमी । हिन्दु धर्माबलम्बीहरुले घर घरमा र पधेरा (धारा, कुवा, तलाउ कुण्ड)हरुमा नागको पूजा आज गरेका छन । नाग पञ्चमीको दिन नाग देवताको बिधि पुर्बक पूजा आराधना गर्नाले चट्याङ, आगो र सर्पको भय नहुने जनविश्वास रहेको छ। नागको पूजामा दूध, दही, अक्षता, फूल, दूबो, र पैसा चढ़ाई घ्यू को धारा दिने प्रचलन रहेको छ। नाग पञ्चमीमा नाग देवताको पूजा गरिन्छ, जसले वर्षा, भूमिको रक्षा र सर्पको भयबाट मुक्ति दिलाउने धार्मिक विश्वास छ। यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ।जसमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख पर्दछन। यी नागको चित्र घरको मूल धोकामा टाँसिन्छ र पूजा गर्ना घरमा चट्याङ नपर्ने तथा आगो र सर्प बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक