3rd June 2026, Wednesday

इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिशको निधन

Post Image
2 महिना अगाडी

News by: helpline

एजेन्सी । भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मृत्यु भएको छ ।

मंगलबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको मृत्यु भएको हो । गत ११ मार्चमा भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै उनलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो। भारतीय समाचार संस्था पीटीआईका अनुसार ३१ वर्षीय राणा सन् २०१३ देखि अचेत अवस्थामा थिए।

उनलाई मार्च १४ मा गाजियाबादस्थित घरबाट उक्त संस्थानको पीडानिवारण सेवा कक्षमा सारिएको थियो। जीवन रक्षक प्राणाली हटाएपछि मंगलबार उनको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । पञ्जाब विश्वविद्यालयमा प्राविधिक अध्ययनरत रहेका राणा सन् २०१३ मा चौथो तल्लाबाट खसेपछि टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसयता उनी अचेत अवस्थामा नै राखिएका थिए र कृत्रिम आहार तथा अक्सिजन सहयोगमा राखिएको थियो।

उनका बुबाका अनुसार भारतमा पहिलोपटक सर्वोच्च अदालतले उनलाई ‘स्वेच्छिक मृत्यु’ को अनुमति दिएको थियो



No ad available.


No ad available.