News by: helpline
एजेन्सी । अमेरिकाले इरानमाथिको आक्रमण जारी राखेको छ । अमेरिकाले बिगत १२ दिनदेखि इरानमाथि निरन्तर आक्रमण गरिरहेको छ ।
यता यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ मा साउदी अरेबियाका दुई तेल ट्यांकरमाथि शक्तिशाली आक्रमण गरेको दाबी गरेका छन्। हूथी विद्रोहीद्वारा ‘रेड सी’ क्षेत्रमा जहाजमाथि गरेको आक्रमण रोक्न युरोपेली सङ्घका प्रमुख कूटनीतिज्ञ काजा कल्लासले बिहीबार माग गर्नुभएको छ । इरान समर्थित यमनी हुथी विद्रोहीले साउदी जहाजमा आक्रमण गरेपछि उहाँको यो भनाइ आएको हो । यस तनावपूर्ण भूराजनीतिक घटनाक्रमका कारण विश्व बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ।
बिहीबार दक्षिणी इरानका बुशहर, अहवाज, रामशिर, महशहर र सिरिकजस्ता प्रमुख सहरहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले लगातार हवाई आक्रमण गरेको छ । बुशहर आणविक ऊर्जा केन्द्र नजिकैको पावर सबस्टेशनमा गरिएको आक्रमणका कारण त्यस क्षेत्रमा केही घण्टा बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो।
मध्यपूर्वमा तनाव दिनप्रतिदिन चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै होर्मुजको जलमार्गमा इरानी सेनाले कुनै पनि जहाजमाथि प्रहार गरेमा अमेरिकाले इरानी पुल र पावर प्लान्टजस्ता नागरिक पूर्वाधारमा बम प्रहार गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पको यस चेतावनीको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानको रक्षा सिद्धान्त ‘आँखाको बदला आँखा’ भएको बताउनुभएको छ । इरानले पनि यदि आफूले तेल बेच्न नपाए अमेरिकी सहयोगी र खाडी राष्ट्रहरूलाई पनि तेल आपूर्तिमा बाधा पु¥याउने चेतावनी दिएको छ।
इरानले खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर आक्रमण गरिरहेको छ। यमनको हुथी विद्रोही समूहले साउदी अरेबियामाथि समुद्री प्रतिबन्धको घोषणा गर्दै ‘रेड सी’ मा ‘एन्सेलिया’ र ‘लैला’ नामक दुई साउदी तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले धेरै क्रूज मिसाइल, ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरेर उक्त आक्रमण गरिएको दाबी गरेका छन् ।
आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिको अर्को प्रमुख मार्ग बाब अल–मण्डब जलमार्गमा गम्भीर असर पारेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक