News by: helpline
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको हो । सरकारको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयअ न्तर्गतका सहसचिव नमराज घिमिरेलाई मुस्लिम आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामकृष्ण पुडासैनीलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका सहसचिव कृष्णकुमारी श्रेष्ठलाई उद्योग र युवा तथा खेलकुद मन्त्रालयमा काजमा रहेका सहसचिव रमेश ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।
सरकारले अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुस्लिम आयोगका सहसचिव रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा रहेका सहसचिव सन्तोषकुमार दाहाललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अनिलकुमार दत्तलाई सञ्चार मन्त्रालय, सञ्चार मन्त्रालयअन्तर्गत रहेका सहसचिव श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक