News by: helpline
काठमाडौं । सोमबार काठमाडौंमा बिभिन्न संचारमाध्यमका कार्यालय अगाडि शंकास्पद रुपमा गाडीहरू पार्किङ गरिएको भेटिएको अवस्थामा कांग्रेस कांग्रेस सभापति गगन थापाको घरको अगाडि पनि त्यस्तै अवस्थामा गाडी भेटिएको छ ।
कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडी बिहान ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी शंकास्पद रूपमा पार्किङ गरिएको थियो। स्थानीयका अनुसार उक्त गाडी बाटोनै थुनेर मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो।
त्यसअघि सोमबार नै कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टेलिभिजनको कार्यालय अगाडि पनि शंकास्पद गाडीहरू फेला परेका थिए। मिडिया हाउस अगाडि राखिएका गाडीहरूलाई प्रहरीले क्रेनको सहायताले हटाइसकेको छ। यी घटनाहरू नियोजित हुन् वा संयोग मात्रै भन्नेबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले मिडिया हाउसको गेटमा अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यले बिज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको भन्दै सञ्चार जगत्लाई भयरहित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक