11th September 2026, Friday

कांग्रेस शभापति थापा र नेता डा शेखर कोइरालबीच भेंटवार्ता

Post Image
5 दिन अगाडी

News by: helpline

काठमाण्डौ। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र सभापति गगन थापा बिच आज १२:३० बजे भेटघाट भएको छ । भेटघाटका क्रममा दुई नेता बिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका बिषयमा कुराकानी भएको थियो । डा शेखर कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको बिकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभयो । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउँनुभयो । साथै उहाँहरूबिच यहि २०८३ भाद्र १० गते बुधवारका दिन नेपाल-चिन सिमाना रसुवामा आएको बिनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो ।

No ad available.


No ad available.