News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।
जस अनुसार मंगलबार उम्मेदवारी दर्ता गर्ने काम भएको छ । कांग्रेसको १५ महाधिवेशनबाट पदाधिकारीमा चुनिनका लागि निर्वाचित हुने १९ पदाधिकारीका पद छन् । सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ ।
सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको रहनेछ ।
पदाधिकारीमा क–कसले दिए त अहिलेसम्म उम्मेदवारी ?
सभापतिमा
गगनकुमार थापा
श्यामकृष्ण खड्की
वरिष्ठ उपसभापतिमा
विश्व प्रकाश शर्मा
उपसभापति महिला
पुष्पा भुसाल
उपसभापति खुल्ला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा मिनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा चन्द्रमोहन यादव
समावेशी उपसभापति
जीवन परियार
बिनोद चौधरी
फर्मुल्लाहा मनसुर
सीता गुरुङ
रन्जित कर्ण
खुल्ला महामन्त्री
प्रदिप पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा सुनिल शर्मा
डा सन्तोष उपाध्याय
महामन्त्री महिला
डा डिला संग्रौला
डिना उपाध्याय
रिता खनाल
सभापतिमा दुईजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुल्ला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँचजना, खुल्ला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली