News by: helpline
काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
नेता श्रेष्ठको शव बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ । स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी नेतामध्ये एक मानिनुहुन्थ्यो। उहाँले भौतिक योजना, वन, उद्योग तथा शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका समहाल्नुभएको थियो ।
कांग्रेस विभाजनका बेला शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा आबद्ध हुनुभएका श्रेष्ठ भएका उहाँले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो । लोकतन्त्र र प्रजातन्त्रका पक्षमा भएका अल्नु भएका श्रेष्ठले विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक