12th August 2026, Wednesday

कांग्रेसद्वारा देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउने काम गर्ने संशय व्यक्त गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको हो ।

बैठकले घटनामा पीडित परिवारसँग भएको सम्झौता अनुसार ४ जनालाई शहीद घोषणा गर्न बाहेक अन्य कुनै बिषय कार्यान्वयन नभएकाले सम्झौताहरूको अविलम्ब कार्यान्वयन गरी तत्काल काम अगाडि बढाउन समेत माग गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा १५ औँ महाधिवेशन तयारी, सदस्यता अद्यावधिक र वितरण लगाएतका बिषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको कांग्रेस सह–महामन्त्री प्रकाश स्नेहीले जानकारी दिनुभयो ।



No ad available.


No ad available.