News by: helpline
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा ४ लाख १८ हजार १ सय ७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । नियमिततर्फ परीक्षामा सहभागी कूल ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कूल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक