News by: helpline
काठमाडौं । कैलाली कारागार झडप घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
जिल्ला कारागारमा कैदीबन्दीको एक समूहले अर्को समूहलाई शुक्रबार राति सांघातिक आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो भने दुवै समूहका ४८ कैदीबन्दी घाइते छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहेका छन् । छानबिन समितिले १० दिन भित्र आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्ने जनाएको छ ।
कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक