12th September 2026, Saturday

कम्युनिष्ट पार्टीहरूबीचको एकता राष्ट्र बचाउन गरिएको प्रचण्डको दाबी

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूबीचको एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकताको कारण गरिएको बताउनु भएको छ ।

 भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै प्रचण्डले पार्टी एकता चुनाव जित्नका लागि रणनीतिक रुपमा मात्र गरिएको एकता नभएको दावी गर्नुभयो ।उहाँले एमालेमा ठूलो विद्रोह हुने अपेक्षा समेत गर्नुभयो ।

समारोहमा बोल्दै उहाँले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिएको भन्दै आलोचना गर्नुभयो । दाहालले भन्नुभयो , ‘अहिले कमरेड विद्या भण्डारीले पार्टी सदस्य पाउ भन्दा समेत नदिने, त्यस्तो एमाले मदन भण्डारीको एमाले हुन सक्छ त ?’ उहाँले नेपाली कम्युनिस्ट पार्टी वृहत् उद्देश्यका साथ बनाइएको भन्दै एमालेमा रहेका वामपन्थीहरूलाई सहभागी हुन अपिल गर्दै अब एमालेमा धेरै प्रकाश शाहहरू जन्मिने पनि जिकिर गर्नुभयो ।



No ad available.


No ad available.