News by: helpline
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीद्वारा मन्त्रिपरिषद्मा थप सिफारिस भएका मन्त्रीहरुकोे सपथ आज २ बजे हुँदैछ ।
भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले गत सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो । हिजो आईतबार प्रधानमन्त्री कार्कीले थप पाँच जना मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकोमा आज सपथ हुन लागेको हो । सिफारिस सूचीअनुसार सर्वाेच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ ।
त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय तथा डाक्टर संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ । तर, मिश्राको नाम होल्ड गर्न लगाइएको जनाएको छ । मिश्राको स्वास्थ्य मन्त्रालयमा लामो अनुभव भएपनि भ्रष्टाचार मुद्दामा जोडिएको भन्दै विरोध भएपछि होल्ड गर्न लागिएको बताइएको छ ।
भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहका कारण कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको तेस्रो दिन रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त हुनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक