28th July 2026, Tuesday

कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन सरकारको कडा निर्देशन

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ सङ्गठनको सदस्यता नलिन र राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएको छ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने चेतावनी दिएको हो।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ङ) मा कर्मचारीले राजनीतिमा भाग लिएमा बर्खास्त गर्न सकिने व्यवस्था रहेको छ।

प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गर्दै मन्त्रालयले कर्मचारीलाई आचरण र अनुशासनको पूर्ण पालना गर्न आग्रह गरेको छ।



No ad available.


No ad available.