12th September 2026, Saturday

कसैको दबाबमा गृहमन्त्री अर्याललाई नहटाइने

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीको को स्वकीय सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार एक बिज्ञप्ति जारी गर्दै गृहमन्त्री अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण भएको उल्लेख छ ।

कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, विज्ञप्तिमा भनिएको छ । बिज्ञप्तिमा जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको भन्दै अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरिएको छ ।

यसैगरी बिज्ञप्तिमा यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ ।



No ad available.


No ad available.