News by: helpline
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो । विपक्षमा २२ मत परेको थियो । मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले) का ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् । दुवै दलका सबै प्रदेशसभा सदस्यले उहाँको पक्षमा मतदान गरेका हुन् । नेपाली कांग्रेसका २९ प्रदेशसभा सदस्यमध्ये २२ जनाले मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच प्रदेशसभा सदस्य मतदानमा सहभागी भएनन् । जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य निर्मला लिम्बु बैठकमा उपस्थित हुनुभएन । ९३ सदस्यीय कोशी प्रदेशसभामा एक जना सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन् ।
सोमबारको बैठकमा ८३ जना प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक