News by: helpline
काठमाडौं । काठमाडौँ उपत्यका भित्रका स्थानीय तहका प्रमुखहरुको संस्था मेयर्स फोरमले आगामी शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख ११ गतेदेखि र नियमित पठनपाठन वैशाख १५ गतेदेखिनै सुरु गर्ने निर्णय गरेको छ ।
बुधवार ललितपुरमा बसेको फोरमको आकस्मिक बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । उहाँले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभुत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको उल्लेख गर्दै विद्यालय स्थापना, सञ्चालन, अनुमति तथा अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारकै रहेको पनि स्पष्ट पार्नुभयो ।
वैशाख १५ देखि भर्ना खोलेर २१ गतेदेखि पठनपाठन शुरु गर्ने सरकारको निर्णयले विद्यार्थीको सिकाइ उपलब्धी र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै फोरमले यस्तो निर्णय गरेको उहाँको भनाइ छ । महर्जनले राष्ट्रिय गाउँपालिका महासंघ नेपाल, नेपाल नगरपालिका संघ तथा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल लगायतको समन्वयमा उपत्यकाभरी एउटै शैक्षिक क्यालेन्डर कार्यान्वयन गरिने समेत जानकारी दिनुभयो ।
उहाँले तोकिएको समयसीमाभित्र भर्ना अभियान सम्पन्न गर्न, शैक्षिक क्यालेन्डर कडाइका साथ पालना गर्न र वैशाख मध्यदेखि अवरोधरहित कक्षाकोठा शिक्षण सुनिश्चित गर्न सबै स्थानीय तहलाई आग्रह पनि गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक