News by: helpline
काठमाडौं । प्रहरीले काठमाडौंमा रातीको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिनुभयो । उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरुलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताउनु भयो ।
लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तामाङ जेन–जी आन्दोलन अगाडी पनि बुढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए । भदौ २४ मा उनी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उहाँले बताउनु भयो । बुधवार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरुलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको उहाँले जानकारी दिनुभयो ।
पक्राउको क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन् । हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बुढानिलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशला क्षेत्रमा ३÷३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । उनीहरु विरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन् । प
क्राउ पर्नेहरुमा विनयसँगै आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन् । उनीहरुसँगबाट प्रहरीले ३ वटा मोटर साईकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ ।
प्रहरीकाअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरु रहेका छन् । महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए । लुटपाटमा संलग्नहरु काभ्रे, रामेछाप र सिन्धुलीका रहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक