News by: helpline
काठमाडौं । बेथिति बिरुद्ध नयाँ पुस्ताका युवा जेन जी( १३–२८ वर्ष उमेरभित्रका)हरुले काठमाडौंमा गरेको प्रदर्शन तनावग्रस्त भएपछि काठमाडौंका बिभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।
माईतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरु प्रहरीको व्यारिकेड तोड्दै नयाँ बानेश्वर तर्फ अघि बढेपछि अवस्था तनावग्रस्त बनेको हो ।
प्रहरीको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरु संसद भवन तर्फ अघि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले संसद भवन प्रवेश गर्न खोजेका युवाहरूलाई हटाउन प्रयास गरेको थियो । प्रदर्शनकारीले संसद भवनभित्र प्रवेश गर्ने गेटमा आगो लगाएका थिए ।
तनावको अवस्था सिर्जना भएपछि कर्फ्यू आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा आज मध्यान्ह साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू जारी गरेको हो । यसैगरी जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कफ्र्यू,लगाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यू, थप गरेको छ ।
यसैबीच प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी आन्दोलनका आयोजकले सबैलाई घर फर्किन आग्रह गरेका छन् । जेन जीहरुले पहिलो पटक यसरी सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदम,भ्रष्टाचार लगायतका विरुद्ध जेनजीले प्रदर्शन गरेका हुन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक